रुसी राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

रुसी राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।

परराष्ट्र मन्त्री ज्ञवालीले रुसी विदेशमन्त्री सेरगेई लेभरोभसँग भेटवार्ता गरी राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई पठाएको औपचारिक नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । यो भ्रमणलाई पुटिनको नेपाल भ्रमणको पहलका रुपमा लिइएको छ ।

मन्त्री ज्ञवाली सर्विया पुगी त्यहाँका विदेशमन्त्री इभिका डाकिकसँग भेटेका थिए । मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गरेका थिए। मस्कोमा उनले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।