कैलाली– प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लगाउन गठित विशेष समितिले मंगलबार प्रतिवेदन पेस गरेको छ। समितिले प्रदेशको नाम ‘खप्तड’ र प्रदेशको स्थायी राजधानी कैलालीको ‘गोदावरी’ सिफारिस गरेको स्रोत बताउँछ।
समितिका संयोजक तारा लामा तामाङसहित सदस्यहरुले संयूक्त रुपमा प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई कार्यकक्षमै गएर प्रतिवेदन पेस गरेका हुन्। समितिले विकल्पसहित नाम सुझाएको स्रोत बतायो ।
‘हामीले सभामुखलाई प्रतिवेदन बुझाएका छौं’ समितिका संयोजक तारा लामा तामाङले भने, ‘सभामुखबाट नै कुन दिन संसदमा पेस गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले समितिले सर्वसम्मत ढंगले स्विकार गर्न सक्ने गरि प्रतिवेदन तयार पारेको बताए ।
समितिले प्रदेश सभाका दुई सांसद, प्रदेशका शिर्ष नेता शेरबहादुर देउवाबाहेक प्रदेश तथा प्रतिनिधी सभाका सबै सांसद तथा नेतासंग छलफल गरेको थियो। यस क्षेत्रका स्थानीय जनप्रतिनिधीहरुले बुझाएको ज्ञापनपत्र लगायतलाई आधार मानेर प्रतिवेदन तयार पारेको तामाङले बताए ।
प्रतिक्रिया