नेकपाको प्रदेश सातको अध्यक्षमा थापा र सचिबमा जोशीको नाम सिफारिस

नेकपाको प्रदेश सातको अध्यक्षमा थापा र सचिबमा जोशीको नाम सिफारिस


काठमाडौं–नेकपाको सात नम्बर प्रदेश कार्यदलले प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका सदस्य कर्ण थापाले जानकारी दिए । सात नम्बर प्रदेश प्रमुख पूर्व एमालेको भागमा परेको छ भने सचिव पूर्वमाओवादीको भागमा परेको छ ।

प्रदेश प्रमुखमा पूर्व एमालेका नेता कर्णबहादुर थापा कै नाम कार्यदलले सिफारिस गरि पठाएको छ । त्यस्तै सचिवमा पूर्व माओबादीका नेता लक्ष्मी जोशीको नाम सिफारिस भएका छ । थापा यसअघि उद्योगमन्त्री समेत बनेका थिए भने जोशी दार्चुलाबाट सांसद बनेका थिए ।

प्रदेश ७ को इन्चार्ज को बन्ने भन्ने अझै टुण्गो लागेको छैन । स्रोतका अनुसार पूर्व माओबादी केन्द्रका नेता लेखराज भट्ट इन्चार्ज बन्ने सम्भाबना रहेको छ । ९ जिल्ला रहेको सात नम्बर प्रदेशमा ५ जिल्लाको नेतृत्व पूर्व एमालेले पाएको छ भने ४ जिल्ला पूर्व माओवादीको भागमा परेको छ ।

त्यस्तै प्रदेश कार्यदलले १८३ सदस्यीय प्रदेश कमिटी निर्माण गर्ने सहमति गरी प्रतिवेदन बुझाएको छ । जसमा पूर्वएमालेबाट १०० र ८३ जना पूर्वमाओवादीबाट रहनेछन् । सात नम्बर प्रदेश कार्यदलमा नेताहरु भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेका छन् ।