प्रदेशको बजेट ल्याउने भन्दै अर्थमन्त्री बोहराले सुरु गरे सरोकारबालासंग परामर्श

प्रदेशको बजेट ल्याउने भन्दै अर्थमन्त्री बोहराले सुरु गरे सरोकारबालासंग परामर्श

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशको बजेटको विषयमा छलफल सुरु गरेका छन् । मन्त्री बोहराले शुक्रवार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कामु सचिव बैकुण्ठ अर्यालसंग प्रदेशले आगामी असार १ मा ल्याउने बजेका बारेमा छलफल गरेको उनका सहयोगी भरत बोहराले बताए ।

बैठकमा छलफलमा बजेट सिलिङ्ग,करको अधिकार,स्रोतको बांडफांड र विशेष अनुदानको बारेमा समेत छलफल भएको थियो ।उनका निजी सचिव बोहराकाअनुसार अर्थमन्त्री बोहराले प्रदेश राजस्व सेवा,आर्थिक विधयेक र प्रदेश आर्थिक कार्यविधि ऐनको बारेमा समेत मन्त्री बोहराले छलफल गरेका थिए ।