सात नम्बर प्रदेशमा माघ २१ मा पहिलो तोकियो प्रदेशसभाको पहिलो बैठक

सात नम्बर प्रदेशमा माघ २१ मा पहिलो तोकियो प्रदेशसभाको पहिलो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सात नम्बर प्रदेशको प्रदेश सभाको बैठक माघ २१ गते बोलाइएको छ । प्रदेश सांसदले सपथ ग्रहण गरेको २० दिनभित्र प्रथम बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश ७ का प्रमुख मोहनराज मल्लले माघ २१ गतेका लागी प्रदेश संसदको बैठक आह्वान गरेका छन् ।

 

प्रदेश सभाको पहिलो बैठक कैलाली जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा माघ २१ गते दिउंसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले जानकारी दिए ।

 

 

प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना प्रदेश सांसद छन् ।

 

 

उनले प्रदेशसभाका सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।