प्रधानन्यायाधीशको भण्डारीलाई धम्की ,प्रहरीले चाल्यो यस्तो कदम

प्रधानन्यायाधीशको भण्डारीलाई धम्की ,प्रहरीले चाल्यो यस्तो कदम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ । भण्डारी सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा विपक्षी बनाएका डाक्टर केसीका मुख्य वकिल हुन् ।

 

काठमाडौं प्रहरी परिसरले आफू मातहतको महानगरीय प्रहरी वृत्त बानेश्वरलाई यस घटनाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले डाक्टर शशी शर्मालाई ४ दिनका लागि पुनर्वहाली गरेपछि डाक्टर केसीले उनको राजीनामा माग गर्दै अनसन बसेका थिए ।

 

 त्यो बेला केसीले बोलेको कुराले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो । डाक्टर केसीले प्रधानन्यायाधीश भ्रष्ट र माफिया भएको आरोप लगाउंदै राजीनामा माग गरेका थिए।

 

भण्डारीका अनुसार, पुस २६ गते विहान १० बजेतिर डाक्टर केसी सहित बहसका लागि सर्वोच्च अदालत पुगेपछि उनलाई पराजुलीले आफ्नो च्याम्बरमा बोलाएका थिए ।

 

प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले आज  विहान  जिल्ला प्रशासन काठमाडौंमा उनले पराजुलीले धम्की दिएको भन्दै आफ्नो सुरक्षा गरिदिन निवेदन गरेका छन् ।

 

यस विषयमा छानबिन गर्ने अख्तियारी पाएको बानेश्वर प्रहरीले प्रधानन्यायाधीश पराजुलीको कल डिटेल मगाउने छ । पराजुलीले वरिष्ठ अधिवक्ता भण्डारीलाई ज्यान मार्ने धम्की दिएको हो या होइन पत्ता लगाउने छ ।