संवैधानिक परिषद् बैठक शुक्रबार बस्ने गरी स्थगित

संवैधानिक परिषद् बैठक शुक्रबार बस्ने गरी स्थगित


काठमाण्डु – संवैधानिक परिषद् बैठक बुधबारका लागि बोलाइएको भए पनि शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ५ बजेका लागि बोलाएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।

शुक्रबार अपराह्न ५ बजे परिषद् बैठक बस्नेछ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने प्रावधान छ ।

परिषद् बैठकले प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी रहेको जनाइएको छ ।