प्रचण्ड पुत्र प्रकाश दाहालले बिना मगरमाथी आक्रमण भएपछि दिए यस्तो चेतावनी

प्रचण्ड पुत्र प्रकाश दाहालले बिना मगरमाथी आक्रमण भएपछि दिए यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरसहित परिवारका सदस्यलाई टिकट दिएको भन्दै विरोध भइरहेको बेला उनका छोरा प्रकाश दाहालले भने उक्त आरोपको खण्डन गरेका छन् ।

 

 

प्रकाशले आफ्नो तेस्रो पत्नी विना मगरको पार्टीमा ठुलो योगदान भएको भन्दै उनलाई प्रचण्ड परिवारसंग दाजेंर हेर्न नमिल्ने बताएका छन् ।

 

 

सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रकाशले बिना मगरको राजनैतिक जिवन प्रचण्ड परिवारसंग जोडिदां उनलाई घाटा भएको दाबी समेत गरका छन् ।

 

प्रकाशले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको त्यस्तै –
एउटा कुरा ब्यापक के देखियो भने माओवादी भित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि (समानुपातिक र प्रत्यक्ष) भनेर व्यापक मिडियाबाजी र संजाल रंगाएको पाईयो । म कुनै पदको लागि प्रतिश्पर्धामा लागेको छैन ।

 

 

०५७ सालमै पढाई छोडेर जनमुक्ति सेनामा जाने भनेर लागेको र तत्कालिन स्थायी कमिटिको बैठक मुख्यतः स्थायी कमिटि सदस्य र मेरो बुवापछिको अभिभावक पोष्ट बहादुर बोगटीकै निर्देशन अनुसार जहा बसेरपनि पार्टी र नेतृत्वकै रक्षाको लागि लाग्ने र तिम्रो अनुभव कम्प्युटर र भाषामा छ । मुख्य नेतृत्व कहिले प्रवाश कहिले नेपाल हुने हूंदा अध्यक्षकै सचिवालयमा बसेर काम गर्नु पर्ने भनिसकेपछि अध्यक्षको सचिवालयमा बसेको थिए ।

 

 

 

त्यति बेलादेखि जतिबेला म ११ कक्षा पास भएको थिए । अहिलेसम्म परिवार व्यक्तिगत स्वार्थ केहि खोजिएन । (हो बिचमा मेरो केहि प्राविधित कमजोर भयो र पार्टी बिधान अनुसार महिले सब कारवाही ब्योहोरे ) अन्यथा केहि छैन । बांकी दिनमा पनि पार्टीबाट अपेक्षा केहि छैन जति सकिन्छ सहयोग गर्नेनै हो । म त्यो दौडमा छैन।

 

 

अर्को जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिन्छ त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४⁄०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हून्दा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हूंदा बनाईएको थियो ? बिना मगर आफैमा स्थापित र ०५४ सालदेखि जो अहिले बिभिन्न कालखण्डका उमेद्वार छन् उनिहरु १–२ कक्षामा पढ्थे होलान् ।

 

उनको ईतिहास जो प्रचण्ड परिवारसंग जोडिनु भन्दा २ दशक पहिलादेखि कायम थियो त्यसलाई नजरअन्दाज नगरियोस् म प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनैतिक जिवन प्रचण्ड जोडिदा र प्रचण्ड परिवार जोडिदां उनलाई घाटा भएको छ । उनको ईतिहासको नजरअन्दाज गरिएको छ । परिवार परिवार भनेर सबैलाई एउटै आंखाबाट नहेरौ ।