काठमाडौं – प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको बैठक माघ १२ गते बस्ने गरी स्थगित भएको हाे ।
सोमबार बसेको बैठक जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक १२ गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
ठाकुरले बैठकमा उपसभामुख डा. शिवमाय तुम्वाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएका थिए । बैठकमा सभामुखको निर्वाचन माघ १२ गते तोकिएको छ ।
ठाकुरले सभामुख पदको निर्वाचनको सूचना आजै प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन् ।
सत्तारुढ नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया