काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आज पनि हुँदैछ । गत जेठ ७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाई आज पनि हुन लागेको हो ।
सुनुवाईको तेस्रो दिन आज रिट निवेदकले बहस गर्नेछन् । आजबाट रिट निवेदकको बहस सकिनेछ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले १२ घण्टाको समय दिएका थिए । रिट निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस गरेपछि सकिने भएको छ ।
आज पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेललगायतले बहस गर्नेछन् ।
आइतबारदेखि भने सरकारी पक्षले बहस गर्ने बताइएको छ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ ।
मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।
प्रतिक्रिया