यी चार सांसदले खाएनन् शपथ

यी चार सांसदले खाएनन् शपथ


काठमाडौं– संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाका सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २ सय ७१ सांसद उपस्थित रहे।

शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहेका थिए।

सांसद चौधरी पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेपनि अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहेको बताइएको छ।

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराएका थिए।