नेपाली कांग्रेसको संसदीय दलको नेतामा देउवा निर्वाचित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा देउवा निर्वाचित


काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले पुर्वमहामन्त्री प्रकाशमान सिहंलाई २५ मतान्तरले पराजित गरी संसदीय दलको नेताका रुपमा चयन भएका हुन् ।

सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन थियो । सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाले साँझ ६ बजे र सिंहले त्यसको आधा घण्टापछि उम्मेदवारी दर्ता गराएका थिए । दलको नेताका लागि सोमबार बिहान १० बजदेखि १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भएको थियो ।

देउवा पक्षकै बहुमत भए पनि सिंहले पनि आफूले चुनाव जित्ने दाबी गरेका थिए । देउवा पक्षका असन्तुष्टहरूलाई तानेर आफ्नो पक्षमा बहुमत पु¥याइछाड्ने तर्क उनको थियो । सहमति नभएको पछि निर्वाचन प्रकृयामा गएका हुन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।