यी देशसँग छ परमाणु बम भन्दा हजार गुणा शक्तिशाली हाइड्रोजन बम

यी देशसँग छ परमाणु बम भन्दा हजार गुणा शक्तिशाली हाइड्रोजन बम


एजेन्सी – १९५१ को १ नोभेम्बरमा विश्वमा पहिलो पटक हाइड्रोजन बमको परिक्षण गरिएको थियो । उक्त दिनको विष्फोटलाई विश्वकै ठूलो विष्फोट मानिएको छ । यो हाइड्रोजन बम जापानको हिरोशिमामा खसालिएको परमाणु बम भन्दा पनि १००० गुणा शक्तिशाली मानिएको छ । आज हामी यो विनाशकारी हाइड्रोजन बम भएका देशका बारेमा बताउन जादैछौ ।

अमेरिका
अमेरिका विश्वकै त्यस्तो पहिलो देश हो, जसले १९५२ को १ नोभेम्बरमा हाइड्राजन बमको सबैभन्दा पहिलो परिक्षण गरेको थियो । यो परिक्षण मार्शल आइल्यान्डमा गरिएको थियो । जसका कारण यो आइल्यान्डको वरपरको क्षेत्रमा सबै प्रकारका जीवन समाप्त भएको थियो ।

 रुस
रुसले १९५३ को अगस्ट २९ मा पहिलो पटक हाइड्रोजन बमको परिक्षण गरेको थियो । शीतयुद्धको उक्त समयमा परमाणु बमपछिको अर्को प्रविधि हासिल गर्दै रुसले हाइड्रोजन बम विष्फोट गरेर पुरै विश्वलाई सनसनीपूर्ण बनाएको थियो ।

बेलायत
१९५७ को मे १५ मा बेलायतले आफ्नो पहिलो हाइड्रोजन बम परिक्षण गरेको थियो । यद्यपि यो विषयलाई लिएर विभिन्न सवाल खडा गरियो र बेलायतले यो दावीलाई गलत भएको बताउदै आएको छ । यो परिक्षण माल्डेन आइल्यान्डमा गरिएको थियो ।

चीन
चीनले १९६७ को १७ जुनमा आफ्नो पहिलो हाइड्रोजन बम परिक्षण गरेको थियो । यसको ४८ वर्षपछि मात्रै अर्थात २०१५ मा विश्वलाई उक्त व्यक्तिको बारेमा थाहा भयो, जसले चीनका लागि पहिलो हाइड्रोजन बम बनाएका थिए । उक्त व्यक्तिको नाम हो यू मिन । २०१५ मा उनलाई चीनका राष्ट्रपति सी जिनपिङले देशेको सर्वोच्च विज्ञान पुरस्कारबाट सम्मानित गरेका थिए ।

फ्रान्स
१९६८ को अगस्ट २४ मा फ्रान्सले आफ्नो पहिलो हाइड्रोजन बम परिक्षण गरेको थियो । यसका साथै फ्रान्स विश्वकै पाँचौ हाइड्रोजन बम परिक्षण गर्ने देश भएको थियो ।

भारत
१९९८ मा तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेयीको सरकारको मातहतमा भारतले पोखरणमा हाइड्रोजन बमको सफल परिक्षण गरेको थियो । यो परिक्षणको बारेमा कसैले पत्तो समेत पाएका थिएनन्, तर जब परिक्षण भयो विश्वभरीनै तहल्का मच्चियो ।

पाकिस्तान
भनिदै आएको छ कि पाकिस्तानसँग पनि हाइड्रोजन बम रहेको छ । यसलाई पाकिस्तानले चिनियाँ सहयोगमा बनाएको थियो । भारतको परिक्षणको लगत्तै पाकिस्तानले पनि यस किसिमको बम बनाएको बताइदै आएको छ ।

इजरायल
इजरायलसँग पनि कयौ खतरनाक हतियार रहेको छ । तर हालसम्म यो स्पष्ट छैन कि उसँग हाइड्रोजन बम छ भनेर । यद्यपि इजरायल हाइड्रोजन बलमे सुसज्जित भएको देश मानिदै आएको छ ।

उत्तर कोरिया
विश्वबाट एक्लिएर बसेको उत्तर कोरियाको मिसाइल परिक्षणको बारेमा धेरैजसो सुनिदै आएको छ । तर उसँग हाइड्रोजन बम छ वा छैन भन्ने विषयमा अभैm स्पष्ट भइसकेको छैन । यद्यपि उत्तर कोरियाले आफुसँग पनि हाइड्रोजन बम भएको दावी गर्दै आएको छ । उसले आफूले हाइड्रोजन बमको परिक्षण गरेको दावी गर्दै आएको छ ।