पार्टी अध्यक्षबारे कुनै सहमती नभएको शंकर पोखरेलको खुलासा

पार्टी अध्यक्षबारे कुनै सहमती नभएको शंकर पोखरेलको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता शंकर पोखरेलले एमाले र माओवादीबीच छिट्टै पार्टी एकता हुने दाबी गरेका छन्  । एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता भनेर चिनिएका पोखरेलले पार्टी एकता सकरात्मक दिशामा अघि बढेको भन्दै त्यसमा आशंका नगर्न आग्रह गरे ।

 

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले दुबै पार्टीका प्रमुख नेताको बीचमा एकता प्रक्रियालाई तीव्रता दिने सहमती भएको बताए ।  पांच नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रबल दावेदार समेत रहेका पोखरेलले सिद्धान्त र कार्यक्रममा एकरूपता, विधि तथा पद्धतिमा एकरूपता र नेतृत्व समायोजन वा संगठनात्मक व्यवस्थापन एकताको आधार भएको बताए ।

 

 

उनले एकीकृत पार्टीको अध्यक्ष केपी ओेली र सह–अध्यक्ष प्रचण्डलाई भन्ने प्रस्तावमा कुनै सत्यता नभएको दाबी समेत गरे ।  

 

‘केपी ओली पार्टी अध्यक्ष र ‘प्रचण्ड’ सह–अध्यक्ष भन्ने विषयमा छलफलै भएको छैन’, उनले भने, ‘यो पत्रकारहरुले बनाएको मात्र हो ।’  पोखरेल दुई दलीय एकता संयोजन समितिले राष्ट्रिय सभाको सिट वितरण र प्रदेश सरकार गठनका लागि निर्माण गरेको कार्यदलका सदस्य समेत हुन् ।