प्रमुख ३ दलका शीर्ष नेताबीच गणतान्त्रिक संविधानको रक्षा गर्ने सहमति

प्रमुख ३ दलका शीर्ष नेताबीच गणतान्त्रिक संविधानको रक्षा गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ दलका शीर्ष नेताबीच गणतान्त्रिक संविधानको रक्षा गर्ने सहमति भएको छ ।

राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आईतबार निषेधाज्ञा तोड्ने गरी प्रदर्शन गर्ने घोषणा गरेको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी संविधानको रक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने सहमति जुटेको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

छलफलमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी देशको शान्ति र सुरक्षामा खलल पुर्‍याउने तत्वहरूप्रति सचेत रहँदै गणतन्त्र पक्षधर शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने सहमति जुटेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

सल्लाहकार खरेलका अनुसार बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित २ आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कार्य प्रगतिबारे जानकारी आदानप्रदान गरिएको छ ।