कमल थापाले भने : अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं

कमल थापाले भने : अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं


चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विभाजित शक्तिहरुसँग एकता हुन लागेको एकता अब कहिल्यै नफुट्ने बताएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन् ।

फुट्नका लागि किन फेरि पार्टी एकता भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘विगतमा विभाजित भएका शक्तिहरुसँग अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं ।’उनले अबको पार्टी एकता गएको महाधिबेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमकै आधारमा बताएका छन् ।

राप्रपा नेपाल र राप्रपाबीचको एकता आवश्यक भए पनि त्यसलाई जोगाउन नसक्नु आफ्नो कमजोरी भएको थापाको भनाइ छ ।
केपी ओली नेतृत्वको सरकारका बारेमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारबाट आशा र आशंका दुवै रहेको बताए । प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन भ्रमण र सहमतिलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै प्रशंसा गरे ।