पार्टी एकता र सरकार गठन संगसगै हुन्छ : नेता रावल

पार्टी एकता र सरकार गठन संगसगै हुन्छ : नेता रावल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रसंगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई संगसंगै लैजाने बताएका छन् ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासंगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चांडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टी्भित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताए ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले भने अब एक हप्ताभित्रमा नयां सरकार गठन हुने बताए । वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत निर्णयहरू गरेको भन्दै नेता रावलले आगामी सरकारले पुनरावलोकन गर्ने बताए ।