काठमाण्डु– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन् ।
गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा पर्यटनमन्त्री पाण्डेविरुद्ध उजुरी दिएका हुन् ।
पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत मन्त्री पाण्डेले अभिव्यक्ति दिएको भन्दै बजगाईंले शुक्रबार उजुरी दिएका हुन् ।
नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्छ भने एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन सक्दैन, ‘पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन हो ।’ उनले उजुरीमा लेखेका छन् ।
मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास गरेको बजगाईंले बताएका छन् ।
प्रतिक्रिया