नेपालको चार ठाउँमा पर्यटकीय रिसोर्ट बनाउने पर्यटनमन्त्री भट्टराईको घोषणा

नेपालको चार ठाउँमा पर्यटकीय रिसोर्ट बनाउने पर्यटनमन्त्री भट्टराईको घोषणा


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका चार गन्तव्यमा पर्यटकीय रिसोर्ट बनाउने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले अबको छ महिनाभित्र रिसोर्टको सम्भाव्यता अध्ययन गरी मोडालिटी तय गरिसक्ने र निर्माण प्रक्रिया अगाडी बढाउने घोषणा गरेका हुन् । सोमबार आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै उनले निजी क्षेत्रको सहभागितामा रिसोर्ट बनाइने बताएका हुन् ।

पर्यटनको विविधिकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमूनाको रूपमा पाथिभरा, शे–फोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा लोन्ली इकोरिसोर्ट सञ्चालनका लागि सम्भाव्यता अध्ययत गरी मोडालिटी तय गरिने उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र तारागाउँ विकास समितिलाई यसको जिम्मा दिने उनले बताए । हाल तारागाउँ विकास समितिले पाँचतारे होटल हायातमा सेयर स्वामित्व लिएर बसेको छ भने होमस्टे पनि सञ्चालन गरिरहेको छ ।