काठमाण्डु – नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टी उपाध्यक्षमा मनोनित गरेको छ ।
पार्टीले पुनलाई एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षको जिम्मेवारी दिइएको उच्च स्रोतले जनाएको छ ।
माओवादी केन्द्रको चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।
पुन २ कार्यकाल उपराष्ट्रपति भइसकेका छन् भने पछिल्लो समय माओवादी पार्टीका गतिविधिमा सक्रिय छन् । यसअघि उनलाई पार्टीले उत्पादन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया