काठमाण्डु— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई बधाई दिएका छन् । उनले भारतविरुद्ध हुने फाइनल खेलमा नेपाली टोलीलाई सफलताको शुभकामना पनि दिएका छन् ।
राणाले ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई । साफ च्याम्पियनसिपको फाइनलमा समेत सफलताको शुभकामना ।’
बुधबार मालदिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ ।
प्रतिक्रिया