तेस्रो पटक पाटाकाे गोल्ड अबार्ड ‘एसटीएलआरपी’लाई

तेस्रो पटक पाटाकाे गोल्ड अबार्ड ‘एसटीएलआरपी’लाई


काठमाण्डु–नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ ।

प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गरेका हुन् ।

परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ कालागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटानगर÷गाउँपालिकाहरुसंगको सह लगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माणगरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।

  यस अघि सन् २०२२–२०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो ।

एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहल कदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मापाटा गोल्ड अवार्ड र २०२२ माटुरिजम डेस्टिनेसन रेसिलेन्सि विधा अन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

परियोजनाले निरन्तर पाटाअबार्ड प्राप्तगर्नुले परियोजनाले गरिरेहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्याङ्कन स्वरुप अवार्ड प्राप्त भएको र यसले थपकार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटनबोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।

परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धाश्रेष्ठले जानकारी दिइन् ।

यो अवधीमा परियोजनाले महिलाहरुका लागि रिभर गाइड, यौनिकतथा लैङ्गिक अल्पसंख्यक हरुकालागि टे«किङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटन संग सम्बन्धित विभिन्न निजी सरोकार वाला संस्थाहरुसंगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिइन् ।