पलको सपोर्टमा बोलेकी पूजालाई समीक्षाकाे जवाफ– फिल्म चलाउन मेराे नाम नजाेड्नु

पलको सपोर्टमा बोलेकी पूजालाई समीक्षाकाे जवाफ– फिल्म चलाउन मेराे नाम नजाेड्नु


काठमाण्डु– गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै समीक्षाले पुरानो कुरालाई बारम्बार कोट्याएर आफूलाई पीडा नदिन अनुरोध समेत गरेकी छिन् ।

पूजा र पल शाह फिल्म ‘रामायण’ को प्रमोसनमा लागेका छन्। यसै सन्दर्भमा पूजाले एक अन्तर्वार्तामा पलको सपोर्टमा बोलेकी थिइन्। पूजाले एक पड्कास्टमा बोलिरहेको भिडिओ सेयर गर्दै उनले भनेकी छिन्-

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ?छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।”

अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्’भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।’