पीएफए र न्यू बुद्ध क्लब सेमीफाइनलमा

पीएफए र न्यू बुद्ध क्लब सेमीफाइनलमा


धनगढी– पीएफए अत्तरिया र न्यूू बुद्ध युवा क्लब फूूलबारी धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन्।

 

 

धनगढी रंगशालामा सोमबार भएका दुबै क्वाटरफाइनलमा जित हात पार्दै अत्तरिया र फूलबारी अन्तिम चारमा पुगेका हुन्।

 

 

धनगढी रंगशालामा भएकोे पहिलो क्वार्टरफाइनलमा पीएफए अत्तरियाले ओजक फारवेष्ट पशुपति युवा क्लब वीलाई ४—० ले हराउँदै सेमीफाइनल पुगेको हो।

 

 

मणिरम चौधरीको ह्याट्रिकमा पीएफएले सहज जित दर्ता गरेको हो। मणिरामले पहिलो हाफको १३ र ३५ तथा दोस्रो हाफको ६९ औं मिनेटमा गोल गरे।

 

 

पहिलो हाफको १७ मिनेटमा विशाल राईले एक गोल गरे। ह्याट्रिक गरेका मणिराम चौधरी म्यान अफ द म्याच भए।

 

पीएफएका प्रशिक्षक सन्तोेष भट्टले सोचे जति राम्रो खेल्न नसकेपनि जितमा खुशी व्यक्त गर्दै सेमीफाइनलमा अब अझ राम्रो खेल्ने बताए।

 

 

आयोजक फारवेष्ट पशुपति युवा क्लब ‘वी’ का प्रशिक्षक निलेश विष्टले जुनियर खेलाडीलाई प्राथमिकता दिएको र विपक्षी टोली बलियो रहेकोले आफ्नो टीमले राम्रो खेलेको प्रतिक्रिया दिए।

 

धनगढी रंगशालामा भएको दोस्रो क्वाटरफाईनलमा न्यु वुद्ध युवा क्लव फुलवारीले फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमीलाई टाईव्रेकरमा ५—४ ले हरायो।

 

 

निर्धारीत र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा फुलवारी सफल भएको हो । फुलवारीका गोलरक्षक सरोज कठरीयाले अत्तरीयाका लोक मगरको प्रहारलाई रोक्दै आफ्नो टीमलाई सेमिफाईनलमा पुराए ।

 

 

टीमलाई जिताउने सरोज कठरीया म्यान अफ द म्याच भए । न्यु वुद्ध युवा क्लवका प्रशिक्षक महेश गोलेले धेरै मौकाहरु पाएर पनि भाग्यले साथ नदिएकोमा टीमका सवै खेलाडीको प्रयासले सफल भएकोे बताए ।

 

 

फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमीलाई संयोजक पुर्णमान खत्रीले पहिलो पटक ठुलो प्रतियोगिता खेलेको दुई महिना अघि मात्रै स्थापना भएको टीमले खेललाई अन्तिम समयसम्म लैजानु नै सफलता भएको बताए ।

 

 

 

झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता अन्तर्गत भोली पनि दुई वटा खेल हुनेछन । धनगढी रंगशालामा हुने पहिलो क्वाटरफाईनलमा सुप ११ ए स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङको विच हुनेछ । भोलीको दोस्रो खेल अर्थात अन्तिम क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव ए र सुप ११ वी विच हुनेछ ।

 

 

 

 

मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ । फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख उप विजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख वढी नगद पुरस्कार पाउनेछन ।