देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै आवश्यक : प्रधानमन्त्री ओली

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै आवश्यक : प्रधानमन्त्री ओली


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन् । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको उद्ध्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ” उनले भने “मानिस मानसिक, आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महसुष गर्दछ । जब यस्तो भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ ।” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुन्छ, उनले भने ।

प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताए । “अब सबै जात, धर्म, सम्प्रदायले देश र देशबासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ” उनले भने । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।