‘बाल यौन दुराचारी’ जर्मन नागरिक पक्राउ

‘बाल यौन दुराचारी’ जर्मन नागरिक पक्राउ


काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाल यौन दूराचारको आरोपमा एक जर्मन नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ।

 

नेपाली नाबालकलाई खानेकुरा तथा विभिन्न सामग्री दिएर प्रलोभनमा पारेर यौन दुराचार गरेको भन्दै सीआईबीले जर्मन नागरिक अल्बर्ट फ्रेडलाई पक्राउ गरेको हो।

 

सीआईबीका अनुसार अल्बर्ट २३ वर्षदेखि नेपाल आउने जाने गरिरहेको र पछिल्लो १५ वर्षयता भने उनी बारम्बार नेपाल, श्रीलंका र भारतको भ्रमण गरिरहेको अनुसन्धानबाट खुलेको छ।

 

 

बालकहरुलाई फकाउनु र उनीहरुमाथि यौन दुराचार गर्नु नै उनको भ्रमणको उदेश्य रहेको प्रहरीको आशंका छ।