काठमाण्डु – आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको यसमा देख्छिन् । प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ ।
आफ्नो गल्तीलाई भुलाउँदै क्षमा मागेकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छिन् । यद्दपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ । दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन् ।
निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ । आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनीसँग प्रेम बस्छ । यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन् । त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताइन् । “मलाई सुरूमा यसमा सुहाउँदीन कि भन्ने लागेको थियो । यद्दपि निर्देशकले भनेपछि विश्वस्त भए ।”, उहाँले अभिनेत्री भन्नुभयो– “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन । यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,
अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो । उनले यसमा निर्वाह गर्नुभएको भूमिका निर्देशककै अनुसार गरिएको बताए ।
“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ । आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौँ”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ । यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो ।”
प्रतिक्रिया