काठमाडौं– पेस्तोल देखाएर लुटपाटमा संलग्न पाँच जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । काभ्रेको खानीखोलास्थित तेरसाङ लामाको घरमा पेस्तोल देखाइ लुटपाट गरेर भाग्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार दिउँसो तीन बजे लामाको घरभित्र प्रवेश गरी पेस्तोल देखाएर लुटपाट गर्ने खानीखोला गाउँपालिका ७ का २८ वर्षीय अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले, तथा पनौति नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेलाई पक्राउ गरेको छ।
उनीहरूले लामाकाे घरबाट नगद र जिन्सी सामान लुटी उनीहरु ललितपुरको ठूलादुर्लुङतर्फ भागेका थिए । उनीहरुको साथबाट प्रहरीले दुई वटा पल्सर मोटरसाइकल र मेड इन चाइना लेखिएको १ थान पेस्तोल, म्यागजिन एक थान र त्यसैमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पेस्तोल महांकाल गाउँपालिका ५ चन्दनपुर स्थित काफलडांडामा लुकाईराखेको अवस्थामा फेला पारेको थियो ।
प्रतिक्रिया