पश्चिम नवलपरासीमा पेस्तोलसहित एक पक्राउ

पश्चिम नवलपरासीमा पेस्तोलसहित एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी – पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सोधपुछ भइरहेकाले थप विवरण आउन बाँकी छ ।