पेट्रोलियम पदार्थमा तीन र हवाई इन्धनमा पाँच रुपैयाँले भाउ बढ्यो, लिटरको कति पुग्यो?

पेट्रोलियम पदार्थमा तीन र हवाई इन्धनमा पाँच रुपैयाँले भाउ बढ्यो, लिटरको कति पुग्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारलेपेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले तथा हवाई इन्धनको ५ रुपैयाँले मूल्य बृद्धि गरेको हो।

मूूल्यवृद्धि शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले जनाएको छ।

मूूल्यवृद्धिसँगै अब पेट्रोलप्रति लिटर १ सय १३, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य यथावत रहेको छ।

भारतीय आयल कर्पोरेशन (आईओसी) ले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि नेपाल आयल निगमले मूल्यवृद्धि गरेको हो।