पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ? (सूचीसहित)


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको मंगलबार निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तराष्ट्र्रियतर्फ प्रतिकिलोलिटर काठमाण्डुमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

हेर्नुहोस् संशोधित मूल्यसूची –