काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३/३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ ।
मूल्य बढेपछि काठमाण्डु उपत्यकामा पेट्रोल १६५ र डिजेल तथा मट्टितेल १५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मूल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मूल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।
प्रतिक्रिया