फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोलको मूल्यमा तीन रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० ले वृद्धि भएको छ ।

योसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ । एलपी ग्यासमा काठमाण्डुको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।