काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
मूल्यवृद्धिको विरोध भइरहेका बेला नेपाल आयल निगले बुधबार फेरि मूल्य बढाइएको हो।
निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्यवृद्धि गरिएको छ। परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७१ रुपैयाँ पुगेको छ।
नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।
ग्यास र हवाई इन्धनको भने मूल्यवृद्धि भएको छैन।
प्रतिक्रिया