काठमाडौं – नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ ।
हिजो (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमले जनाएको छ । निगमका अनुसार अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो ।
बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ । बजेटका कारण इन्धनको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिक्रिया