फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनको भाउ पनि बढ्यो

फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनको भाउ पनि बढ्यो


काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

 

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्यवृद्धि गरेको हो। मूल्यवृद्धिसँगै पेट्रोलप्रति लिटर १ सय ४ रुपैयाँ पुगेको छ।

 

 

डिजेल र मट्टितेलमा पनि प्रति लिटर दुई रुपैयाँ भाउ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

 

मट्टितेल र डिजेल प्रतिलिटर ८३ रुपैयाँमा बिक्री हुनेछ।

 

हवाई इन्धनतर्फ पनि प्रति लिटर ५ रुपैयाँ भाउ बढाइएको छ।