पेट्रोलियम पदार्थमा मुुल्यवृद्धिविरुद्ध अखिल र क्रान्तिकारीको यस्तो चेतावनी

पेट्रोलियम पदार्थमा मुुल्यवृद्धिविरुद्ध अखिल र क्रान्तिकारीको यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थ र इन्धनमा भएको मुल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।

 

 

अनेरास्ववियुुका महासचिव ऐन महर र अखिल ( क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले वाम गठबन्धनलाई असहयोग गर्ने उद्देश्यका साथ बढाइएको पेट्रोलियम पदार्थ र इन्धनकोे मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका हुन्।

 

 

 

‘निर्वाचनको नतिजाले लोकतान्त्रिक गठबन्धन मुख्यतः नेपाली कांग्रेसको पंक्तिमा छटपटाहट पैदा गरेको छ, कांग्रेसलाई निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्न र संयमित हुन विशेष आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

 

 

अत्यावश्यक वस्तुको मुल्यवृद्धि तत्काल फिर्ता गरी जनजीवन सहज बनाउन संगठनले सरकारको ध्यानाकर्षण गरेका छन्। उनीहरुले मूल्यबृद्धि फिर्ता नलिए लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साखपनि गिर्ने चेतावनी दिएका छन्।