पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा


काठमाण्डु – नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनकाे घोषणा गरेका हुन् ।

गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक/पटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ । भदौ १ गतेसम्म भाडा वृद्धि नगरिए २ गते देखि यथास्थीतिमा पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । हालको ढुवानी भाडाबाट ट्याङकर सञ्चालन गर्न नसकिने महासंघको निष्कर्ष छ ।