काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार टियु क्रिकेट मैदामा भएको फाइनलमा भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जित्न सफल भएको हो ।
यो सँगै विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्ने भएका छन् । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराए ।
चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीमको जारी इपिएलमा यो दोस्रो अर्धशतक हो ।
प्रतिक्रिया