काठमाण्डु– फोनपे पेमेन्ट सर्भिस लिमिटेडले १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।
पुस २९गते बसेको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
सो साधारणसभाले आ.व. २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
साथै, आ.व २०८१८२ को लेखापरिक्षकको लागि एनबीएसएम एन्ड एसोसिएट्स लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया