बाजुरा – सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो।
बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । उक्त क्षेत्रबाट बाजुरा सहीत अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ ।
बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भब्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ ।
त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेका हुन्छन् । बडिमालिकामा बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास रहेकाेछ ।
सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थलहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्रका प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् ।
बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको स्थानीय सुनाउंछन् । हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्न गरेका छन् ।
बडिमालिका क्षेत्रमा हरियाली फाँटमा भेंडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन् ।
फोटो : सृष्टि रेग्मीको फेसबुक वालबाट
प्रतिक्रिया