फूलबारी रिसोर्टको ब्याज मिनाहाका लागी यस्तोसम्म गर्दैछन् अर्थमन्त्री कार्की

फूलबारी रिसोर्टको ब्याज मिनाहाका लागी यस्तोसम्म गर्दैछन् अर्थमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा रहेको फूलबारी रिसोर्टको ब्याज मिनाहाका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दबाव दिएको खुलासा भएको छ । रिसोर्ट संचालनका लागी लिएको ऋण  अहिलेसम्म संचालकहरुले तिरेका छैन् । ऋण नतिरेपछि कर्जा सिफारीस केन्द्रले संचालकहरुलाई कालोसुचीमा समेत राखेको छ ।  

 

फूलबारीमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक, एनआइडिसी डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषले लगानी गरेका छन् । फुलवारीमा चारै संस्थाको १ सय ९६ करोड रुपैया फसेको छ ।

 

ऋण मिनाहाका लागी प्रधानमन्त्री शेरबहादुर देउवाले दबाव दिएको स्रोतको दाबी छ ।  प्रधानमन्त्रीको दबावपछि अर्थमन्त्री कार्कीले बैंकका संचालकहरुलाई समेत बोलाएर मिलाईदिन निर्देशन दिएका छन् । ऋण मिनाहाका लागी होटलका संचालक पीयुषबहादुर अमात्य चलखेलमा लागेका छन् ।

 

अमात्यले अर्थमन्त्री कार्कीका भाई ब्यापारी लोकेन्द्र कार्कीमार्फत समेत चलखेल गरिरहेको विश्वस्त स्रोतको दाबी छ । आफुलाई व्यवसायी बताउने कार्की उनका दाई ज्ञानेन्द्र अर्थमन्त्री भएपछि उनको आड्मा विचौलियका काम गरिरहेको अर्थमन्त्रालय निकट स्रोतको दाबी छ ।

 

 

कार्कीले १५० करोड तिरेर दायित्वमुक्त गर्न निर्देशन दिएपनि अमात्य त्यसबाट समेत सन्तुष्ट नभएको स्रोतको दाबी छ । स्रोतकाअनुसार उनले कार्कीका भाई लोकेन्द्रमार्फत चलखेल गरिरहेको छन् ।  अमात्यले राजनीतिक कारण देखाउदै ऋण तिर्न आलटाल गरिरहेका छन् ।

 

अर्थमन्त्रालयका कर्मचारीले ऋण मिनाहाको लागी पहल गरेपनि राजनिति माहोल परिवर्तन भएपछि भने कर्मचारीले पनि उनको फाइल अघि बढाउन मानेका छैनन् ।

 

अर्थमन्त्रालय स्रोतकाअनुसार व्यवसायी कार्कीले आफ्नो एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि राम्रो सम्बन्ध भएको दाबी गर्दै ऋण मिनाहा गर्न अर्थमन्त्रालयका कर्मचारीलाई दबाव दिइरहेका छन् । उनले नयां सरकार आउदा समेत कुनै फरक नपर्ने बताउने गरेको स्रोतको दाबी छ । यसबारेमा अर्थमन्त्री कार्कीसंग पटक–पटक सम्र्पक गर्दा उनि सम्र्पकमा आउन चाहेनन् ।