पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरमा सार्वजनिक बिदा

पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरमा सार्वजनिक बिदा


काठमाण्डु- काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर (प्रमुख) पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।

काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्‍याएको योगदानको सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मेयर सिंहले काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

यसैबीच सिंहको पार्थिक शरीरलाई आज दिउँसो १ बजेसम्म सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ । कांग्रेसका नेतासमेत रहेका सिंहको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान ११ सम्म निवास चक्सिबारीमा राखिएको छ ।

त्यसपछि सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेसम्म राखिने छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

पूर्वमेयर सिंहको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारत थिए ।