काठमाडौं- काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ नगरपालिकाका मेयरमा उनी निर्वाचित भएका थिए । पञ्चायत व्यवस्थापछि काठमाडौँका उनी पहिलो मेयर भएका हुन् ।
उनी २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
प्रतिक्रिया