तेहरान – इरानको राजधानी तेहरानबाट किभतर्फ गइरहेको दुर्घटनामा परेको युक्रेनी विमानका सबै १७० जना यात्रुको मृत्यु भएको पुष्टी भएको छ ।
युक्रेनी इन्टरनेशनल एयरलायन्सको बोइङ ७३७ विमान इरानको इमाम खोमेनी विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको थियो । उक्त विमान युक्रेनी राजानी किभतर्फ जानका लागि उडेको थियो ।
नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।
बोइङ जहाज पटक-पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरेको थियो ।
प्रतिक्रिया