यूएस बंगला विमान दुर्घटनाः छानबिन गर्न आयोग गठन

यूएस बंगला विमान दुर्घटनाः छानबिन गर्न आयोग गठन


काठमाडौं –सरकारले यूएस बंगला एयरको विमान दुर्घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य रहेको समितिको सदस्य सचिवमा सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको छ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितका अनुसार आयोगलाई यथाशिघ्र छानवीन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।