जुवा खालबाट समातिए दुई प्रहरी

जुवा खालबाट समातिए दुई प्रहरी


काठमाडौं– राजधानीको गौंगबु मित्रनगरस्थित कालो बंगुरको सेकुुवा घरमा जुवा खेलिरहेका दुई प्रहरीसहित ७ जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी हवल्दार सुरज थापा र प्रहरी जवान ईन्द्र थापासहित पक्राउ परेका हुन्।

यसैगरी, जुवा खेलिरहेको अवस्थामा शैलेन्द्र खड्का, संजय कुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ पनि पक्राउ परेका छन्।

काठमाडौं प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक प्रताप पौडेलेको कमाण्डमा खटिएको प्रहरीले टोलीले उनीहरुलाई १ लाख ४७ हजार नगदसहित पक्राउ गरेको हो।

ओखरको प्रयोग गरी जुवा खेलिरहेका अवस्थामा ३ लाख ६८ हजार नगद सहित १७ जनालाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।