प्रधानमन्त्रीसँग भारतीय मन्त्री जयशङ्करको भेटवार्ता

प्रधानमन्त्रीसँग भारतीय मन्त्री जयशङ्करको भेटवार्ता


काठमाण्डु-भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भारतीय मन्त्री जयशङ्करले सोमबार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गरे ।

त्यसैगरी मन्त्री जयशङ्करले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए ।