काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुको सपथ गराएका छन्।
साेमबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराएका हुन्। सरकारले उनीहरुलाई कुलपति पदमा नियुक्त गरेको हो।
प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तीहरुलाई नियुक्त गरिएकोले ति संस्थाहरु थप सृजनशिल हुनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नवनियक्त कुलपतिहरुले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । “आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले समयको पदचाप बुझेर यि संस्थाहरुलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।”
नेपालीहरुको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरुले देखाएको बाटोलाई फराकिलो बनाउने काम यि संस्थाहरुले गर्नुपर्ने बताउनुभएको छ । “विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यि सबै कुराको परिणाम सकारात्मक आउनु पर्दछ ।”
यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिब विपिन कुमरा घिमिरेले पनि आजै सपथ ग्रहण गर्नुभएको छ । यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिब श्याम प्रकाश तमोटले पनि आजै सपथ ग्रहण गर्नुभएको छ ।
प्रतिक्रिया