अपूर्णलाई पूर्ण गर्ने हो, पुनर्गठन हुँदैन – प्रधानमन्त्री ओली

अपूर्णलाई पूर्ण गर्ने हो, पुनर्गठन हुँदैन – प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन हुने कुराले चर्चा पाएको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको समाचार सार्वजनिक भइरहेका छन् ।

केहीदिन अघि विराटनगर विमानस्थलमा नेकपा अध्यक्ष प्रचण्ड स्वयंले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल चलिरहेको खुलासा गरेका थिए । तर, आइतबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिले त्यसलाई खण्डन गरेको छ ।

जुन ठाउँबाट प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुने खुलासा गरेका थिए त्यही ठाउँ विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका हुन् । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो’, ओलीले भने, ‘पुनर्गठन हुँदैन ।’

यस्तै, प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।